नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाडाैं | माघ १०, २०८०
काठमाडौं: दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको आजको खेल महत्त्वपूर्ण रहेको छ ।
पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन (३०३) रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाउन सकेको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्ने चुनौती छ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ तारिख अफगानिस्तानसँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

